ब्रिटिस काउन्सिलले नेपालमा ‘आइइएलटिएस रेडीः प्रिमियम’ सेवा सुरु गरेको छ। यो सेवाले आइइएलटिएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिने काउन्सिलले जनाएको छ।
यो नयाँ प्लेटफर्मले परीक्षार्थीलाई हरेक व्यक्तिको सिकाइमा प्रगतिअनुसार व्यक्ति विशेष संसाधन उपलब्ध गराउनेछ। यसमा आइइएलटिएसका ४० वटा अभ्यास परीक्षा, क्लास रेकर्डसमेत छन्। यसमा नेटिभ अंग्रेजी बोल्ने आइइएलटिएस विज्ञहरूको समेत पूर्ण सहयोग पाइनेछ। परीक्षार्थीले सीमित समय तोकिएको र सीमित समय नतोकिएको दुवै खाले ढाँचाका अभ्यास परीक्षाका साथमा आफ्नो तयारीलाई निपुण बनाउन सक्ने काउन्सिलले जनाएको छ।
आइइएलटिएस रेडीः प्रिमियम प्लेटफर्म गाइडेड इ–लर्निङ (जिइएल)मा आधारित छ। जिइएल अंग्रेजी भाषा सिकाउने लन्डनस्थित शीर्ष डिजिटल सिकाइ सेवाप्रदायक हो।
यसमा परीक्षार्थीहरूले आवश्यक अंक हासिल गर्न परीक्षकले के–के खोज्छन् भन्ने देखाउन नमूना उत्तरसहितको लेखन अभ्यासका साथै प्रत्येक पठन र लेखन प्रश्नमा आइइएलटिएस विज्ञहरूको पृष्ठपोषण पाउनेछन्। यसैगरी परीक्षार्थी ले सुधार गर्न जरुरी निर्दिष्ट क्षेत्रमा उचित सुझाव तथा सल्लाह, परीक्षा तयारी गर्न परिचयात्मक भिडियो तथा आइइलटिएस रेडीः प्रिमियममा काउन्सिलमा परीक्षाका लागि दर्ता गरेकै समयबाट असीमित पहुँच पाउने पनि काउन्सिलले जनाएको छ।
परीक्षणकालीन अवधिमा यो मञ्चमा परीक्षा दिनेमाझ उच्च प्रयोगकर्ताको सन्तुष्टि एवं संलग्नता पाइएको छ। ९७ प्रतिशत प्रयोगकर्ताले आफूहरूलाई लक्षित अंक हासिल गर्न यसले मद्दत गरेको बताएका छन्। अरूलाई पनि यो सेवा प्रयोग गर्न आफूहरूले सुझाव दिएको ९८ प्रतिशतको भनाइ छ।
‘हामीकहाँ आइइलएलटिएसको परीक्षा दिने परीक्षार्थीको विदेशमा बस्ने, काम गर्ने र अध्ययन गर्ने महत्वाकांक्षा पूरा गराउन हामीले सक्ने हरेक खाले प्लेटफर्म दिन चाहन्छौं,’ ब्रिटिश काउन्सिल नेपालका महाप्रबन्धक म्याक्सिम राइम्यानले भन्नुभयो, ‘उनीहरूलाई पूर्णरूपमा तयार बनाउन र उनीहरूको सपनाहरू पूरा गराइदिने उत्तम अवसर हासिल गर्न सघाउन आइइएलटिएस रेडीः प्रिमियम लञ्च गर्न पाउँदा उत्साहित छौं।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
