हास्य व्यङ्ग्य क्षेत्रका धरोहर वासुदेव लुइँटेलको नाममा स्थापित ‘वासुदेव लुइँटेल पुरस्कार’ यसपटक ‘चट्याङ मास्टर’ नामले चिनिएका कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको वासुदेव— विद्यादेव गुठीका अध्यक्ष प्रा. डा. सुष्मा आचार्यले जनाउनु भएको छ। ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले हास्य व्यङग्यकार ‘चट्याङ मास्टर’ लाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
वि.सं. २०५० सालमा स्थापित वासुदेव— विद्यादेव गुठीले हास्य व्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत र जनमानसमा प्रसिद्धि कमाएका प्रतिभाहरू मध्येबाट एक छनौट गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्दै आएको छ । गुठीले यो पुरस्कार भदौ २३ गते प्रदान गर्नेछ । उक्त दिन एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ । वासुदेव लुइँटेलका भीमसेनपाती, भूतको भिनाजु, नैकापे काका, छ्याकन, भूत छैन लगायतका एक दर्जन कृति प्रकाशित छन् । वासुदेव लुइँटेलको ९० वर्षको उमेरमा निधन भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
