महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।
सम्झौतापछि बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले समबन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरुले वीरगन्ज पर्सामा रहेको मंगलम डाइग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ। यस्तै, सिमरा बाराममा रहेको होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित रेगल हेटौँडा रिसोर्टमा १५ प्रतिशतसम्म, धनगढी कैलालीस्थित निसर्ग हस्पिटलमा अधिकतम २० प्रतिशत छुट पाउन सक्ने बताइएको छ। यसैगरी हेटौँडाकै विशुद्ध मोचोचामा १० प्रतिशत र भरतपुर चितवनमा रहेको कविलास रिसोर्ट एन्ड फन पार्कका सेवामा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैँकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमसमेत संचालन गर्दै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
