अडानी समूहलाई वित्तीय दुराचार गरेको नयाँ आरोप

संगठित अपराध और भ्रष्टाचार रिपोर्टिंग प्रोजेक्ट (ओसीसीआरपी) को एक प्रतिवेदनले भारतीय कानुनको सम्भावित उल्लङ्घनको बारेमा प्रश्न उठाउँदै अडानी समूहले आफ्नै स्टकमा लगानी गर्न ‘अपारदर्शी’ कोष प्रयोग गरेको आरोप लगाएको छ। ओसीसीआरपीद्वारा प्राप्त कागजातअनुसार, अपारदर्शी च्यानल प्रयोग गरी मोरिससस्थित लगानी कोषमार्फत अडानी समूहको सार्वजनिक रूपमा सूचीबद्ध फर्ममा पर्याप्त रकम लगानी गरिएको थियो।

ओसीसीआरपीको आरोप के हो?

प्रतिवेदनले दावी गरेको छ कि ठूलो समूहमा गोप्य रूपमा लगानी गर्ने दुई व्यक्तिहरुको अडानी समूहका मालिक अडानी परिवारसँग नजिकको सम्बन्ध छ। नासेर अली शाबान अहली र चाङ चुङ-लिङ दुवै सम्बद्ध कम्पनीहरूमा निर्देशक र शेयरधारकहरूको रूपमा देखा परेका छन्, र रेकर्डहरूले देखाउँछन् कि उनीहरूले अडानी समूहको स्टकमा व्यापार गर्न प्रयोग गरेको लगानी कोषले अडानी परिवारको वरिष्ठ सदस्यद्वारा नियन्त्रित कम्पनीबाट निर्देशनहरू प्राप्त गरेको थियो।

ओसीसीआरपीको प्रतिवेदनका अनुसार अडानी स्टकमा अपारदर्शी कोष मार्फत गरिएको लगानी मुख्यतया युएईका नासेर अली शाबान अहली र ताइवानका चाङ चुङ-लिङले गरेका थिए। प्रतिवेदनमा उल्लेख भए अनुसार अहली र चाङको अडानी परिवारसँग लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको छ। अडानी समूहका कम्पनीहरूमा निर्देशकको रूपमा काम गर्ने र अदामीका जेठा भाइ विनोद अडानीसँग जोडिएका फर्महरूमा आबद्व रहेको उल्लेख छ।

भारतीय कानुनअन्तर्गत, सार्वजनिक रूपमा कारोबार गर्ने कम्पनीका प्रवर्द्धकहरूले कम्पनीको ७५ प्रतिशतभन्दा बढी सेयर राख्न सक्दैनन्य । अर्थात् अहली र चाङले अडानीको आदेशमा काम गरे भने, कम्पनीले धितोपत्र कानुनको उल्लङ्घन गरेको हुन सक्छ।

अडानी समूहको खण्डन : आरोप ‘रिसाइकल’ र ‘दुर्भावनापूर्ण’

यी आरोपहरूको जवाफमा, अडानी समूहले एक विज्ञप्ति जारी गर्दै आरोपहरुलाई ‘रिसाइकल’ र ‘दुर्भावनापूर्ण’ भनेर स्पष्ट रूपमा अस्वीकार गरेको छ। समूहले ओसीसीआरपी प्रतिवेदनले आरोपहरूमा समूहको पूर्ण प्रतिक्रिया समावेश नगरेको बताएको छ। समूहले कानुनी प्रक्रियामा आफ्नो अटल विश्वास व्यक्त गर्दै समूहको पारदर्शीता र उच्च कर्पोरेट गभर्नेन्स मापदण्डमा विश्वास व्यक्त गरेको छ।

अडानी समूहको सेयर मूल्य लाग्यो ओरालो

अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि बिहीबार बिहान अडानी समूहका सूचीकृत कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ। प्रतिवेदनले कम्पनीका बिदेशी लगानीकर्ताहरू र भारतीय समूहका अर्बपति संस्थापक गौतम अडानीको परिवारका सदस्यहरू बीचको सम्बन्ध उजागर गरेको छ।

भारतमा दिउँसो अडानी इन्टरप्राइजेजको शेयर ३  प्रतिशतभन्दा बढी  २९ डलरले घटेको थियो। जबकि अन्य सूचीबद्ध फर्म पनि दिउँसो २ प्रतिशत र ३ प्रतिशतको बीचमा तल झरेका थिए।

यो आरोप भारतको सबैभन्दा ठूलो समूहमध्ये एक अडानी समूहको वरिपरिको विवादको श्रृंखलामा नयाँ हो। सन् २०२२ मा समूहलाई सरकारी सम्झौता जित्नका लागि आफ्नो राजनीतिक सम्बन्ध प्रयोग गरेको आरोप लगाइएको थियो। उक्त समूहले यी आरोपको पनि खण्डन गरेको छ।

अडानी समूहले ताजा आरोप अस्वीकार गर्नुलाई आफ्नो स्थितिमा विश्वस्त रहेको संकेतको रूपमा हेरिएको छ। यद्यपि, यी आरोप समूहका लागि विवादको स्रोत बन्ने सम्भावना भने छ।

-जिएनबी

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link