भारतको ८१ करोड ५० लाख नागरिकको आधार कार्ड (राष्ट्रिय परिचयपत्र), राहदानी विवरण र अन्य व्यक्तिगत विवरणसहितको डिजिटल डाटा ह्याक गरी लिने ह्याकरले ती विवरण बिक्रीको लागि लिलामीमा राखेको छ ।
गत अक्टोबर ९ तारिख देखि चोरी गरिएका डिजिटल डाटा बिक्री गर्न ह्याकरले ८० हजार डलर मूल्य मागेका छन् ।
ह्याकरले आधार कार्डका केही डिजिटल रेकर्डहरू प्रमाणको लागि देखाउँदै आफूसँग ८ सय मिलियन भन्दा बढी भारतीय नागरिकको व्यक्तिगत विवरणहरू रहेको दाबी गरेका छन् ।
डाटाहरू लिक भए नभएको भेरिफिकेसन गर्ने टिमले सो डाटा लिक भएको प्रमाणित गरेको छ । तर, लिक कहिले देखि भएको हो सो भने अनुसन्धानको क्रममा नै रहेको बताइएको छ ।
ह्याकरले ती डिजिटल विवरण कसरी ह्याक गरियो भन्ने नखुलाए पनि धेरैले भारतीय चिकित्सा अनुसन्धान परिषद्को सिस्टमबाट ती डाटाहरू लिक भएको हुनसक्ने अनुमान गरेका छन् ।
यसैबीच भारतमा केही विपक्षी दलका सांसदहरू र प्रतिष्ठित पत्रकारहरूले आफूहरू सरकारबाट नियोजित साइबर आक्रमणको खतरामा परेको सूचना (अलर्टहरू) एप्पलका डिभाइसबाट पाइरहेको दाबी गरेका छन् ।
आगामी वर्षको आम निर्वाचनलाई लक्षित गरी सरकारले विपक्षी दलका नेताहरू र आलोचक मिडिया पर्सनहरुको जासुसी, साइबर निगरानी र आक्रमणको दुष्प्रयास बढाएको उनीहरूले दाबी गरेको मिडिया नामाले उल्लेख गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन
- टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
- नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना
- लैङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी
- कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
- इजरायल-प्यालेस्टाइन युद्ध प्रभाव: गाजामा भोकमरीको सङ्कट
- इजरायल र हमासबीचको युद्धविराम छैटौँ दिनमाः गाजाबाट थप १२ बन्धक रिहा
- आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन
- काँग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्य तिथि