टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले ५४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ५२ जोडे ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे । करण केसीले अविजित अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । अकिब इलियसले पनि दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट लिए ।
छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमायो। उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको थियो ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन
- टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
- नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना
- लैङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी
- कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
- इजरायल-प्यालेस्टाइन युद्ध प्रभाव: गाजामा भोकमरीको सङ्कट
- इजरायल र हमासबीचको युद्धविराम छैटौँ दिनमाः गाजाबाट थप १२ बन्धक रिहा
- आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन
- काँग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्य तिथि