टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित हात परेको हो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन मात्र बनाएर ओमानसँग पराजित भएको हो।
सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्का र एक वाइडको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । कुशल भुर्तेलले एक रन पनि बनाउन सकेनन् । दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले दुई चौका प्रहार गरेपनि खेल जिताउन सकेनन् ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी हुदैँ सुपरओभरमा गएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
