धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का प्रहरी हेडक्वार्टर तानिएका छन् । खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको गृहमन्त्रालयको एक स्रोतले जानकारी दिएको छ।
धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।
जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेरफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।
खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।
धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो।
आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् । खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवारका सदस्यहरू चार महिना देखि काठमाडौँमा धर्ना बसिरहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
