एलन मस्कले घोषणा गरे ‘ग्रोक’ च्याट बोट 

संसारका सबैभन्दा धनी एलन मस्कले यहीँ नोभेम्बर ५ मा ओपन एआईको च्याट जीपीटी जस्तै नयाँ आर्टिफिसियल इन्टेलीजेन्स च्याट बोट प्लेटफर्मको घोषणा गरेका छन् । 

आफ्नो नयाँ कम्पनी एक्स एआई अन्तर्गत नयाँ प्लेटफर्मको घोषणा गर्दै सोको नाम ग्रोक (Grok) राखेका छन । 

मस्कले गत वर्ष किनेर नाम परिवर्तन गरेको ट्विटर (हाल एक्स) मा आएका डाटाहरूबाट समेत तत्कालै सिकेर जेनेरेटिभ एआई प्रविधि मार्फत यस च्याटबोटले संवाद गर्न र उत्तर दिन सक्ने बताइएको छ । 

च्याट जिपीटिको भन्दा अझ चटपटे प्रश्नहरू समेतको जवाफ दिने र हाँस्य प्रदान तथा अनौपचारिक संवादमा पनि जवाफ दिने क्षमता यसमा रहेको दाबी गरिएको छ । 

यो च्याट बोट एक्स (ट्विटर) प्लेटफर्ममा छिट्टै र एपमा पनि आउने घोषणा गरिएको छ । 

आर्टिफिसियल इन्टेलिजेन्सको जेनेरेटिभ प्लेटफर्महरुमा लगानी र नवप्रवर्तनको बढ्दो प्रतिस्पर्धामा एलन मस्कको सहभागिताले तरंग बढाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap