लेबनान विरुद्ध सावित्रा साम्बा भण्डारी र प्रीति राईले गरेका २ गोलका कारण नेपाली महिला टोली साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
सेमिफाइनल दोस्रो भिडन्तमा पहिलो हाफमा नेपाल निकै पछि परेको थियो तर दोश्रो हाफमा नेपालले लेबनानलाई २-१ ले हरायो। अब नेपाल फाइनलमा यस अघिका विजेता जोर्डनसँग उपाधिका लागि भिडने छ।
खेल पछि पत्रकारसँग कुरा गर्दै पहिलो हाफमा मैदान र बलसँग अलि तालमेल गर्न नसकेकाले पछाडी परेको प्रीति राईले वताइन।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बा र प्रीति राईले एक-एक गोल गरेका हुन। पहिलो हाफमा भने लेबनान अगाडी थियो। नेपाली गोलरक्षक अन्जिलासँग तालमेल बिग्रिँदा खेलको ३८औं मिनेटमा पूजा रानाले आत्मघाती गोल गरेकी थिइन्।
पहिलो हाफसम्म १-० ले पछि परेको नेपालको खेल दोस्रो हाफमा तालमा फर्कियो। खेलको ७६औँ मिनेटमा सावित्रा साम्बा भण्डारीले विपक्षी खेलाडीले डी बक्सभित्रबाट क्लियर नगरेको बललाई गोल गरिन। यसको केही क्षणअघि साम्बाको सट लेबननी किपरले बचाएकी थिइन्।
नेपाली मिडफिल्डर प्रीति राईले निर्णायक गोल खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गरिन्। कर्नर बललाई लेबननी बचाएर पठाएको डी बक्सबाहिरबाट उनले प्रहार गरेको सट सिधै पोष्टभीत्र छिर्यो। अब नेपालले फाइनलमा साविक विजेता जोर्डनसँग यही बिहीबार प्रतिस्पर्धा गर्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
