इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्नुभएको छ। बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जीतबहादुर राई हुनुहुन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणीकुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार हुनुहुन्छ।
स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला(प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग, राज बस्यालले मनोनयन दर्ता गराउनु भएको छ।
इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन भएको जनाएको छ।
आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष छन्।
बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ। जसमध्ये एक महिला र ११ पुरूष रहनु भएको छ।
आयोगका अनुसार यही चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ।
आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ। आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
