रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराउनुभएको हो ।

मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

एलभोभा–बेलोभाले भन्नुभयो, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता ग¥यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।” ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे उहाँले केही बताउनुभएन ।

युक्रेनले सन् २०२२ को आक्रमण सुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा बढी बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४०० भन्दा कम लाई फिर्ता गरिएको जनाएको छ ।मस्कोले उक्त आरोपको खण्डन गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा दुई वर्षअघि युद्ध सुरु भएदेखि नै बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको छ ।केही केटाकेटीका आमाबाबु मारिएका थिए भने अन्य आक्रमणको सुरुमा अग्रपङ्ती तीव्र गतिमा भएका आक्रमणका कारण परिवार वा उनीहरूका अविभावकहरूसँगबाट अलग भएका थिए ।विस्थापितमध्ये केही रूसले कब्जा गरेको इलाकामा युक्रेनी अनाथालयमा बसिरहेका बालबालिका पनि रहेका छन् ।

युक्रेनले मस्कोको सेनाले उनीहरूलाई गैरकानुनी रूपमा रूसमा निर्वासित गरेको र रूसी अधिकारीहरूले उनीहरूको युक्रेनी पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएको छ ।युक्रेन फर्केका किशोरकिशोरीहरूले आफूहरूलाई रूसी देशभक्तिपूर्ण शिक्षा दिइएको र रूसी सेनाको प्रशंसा गर्न बाध्य पारिएको बताएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link