चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ।
गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन्। तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन्। बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उहाँले बताउनुभयो।
“बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन्। अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन्। चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्”, उहाँले भन्नुभयो। बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो।
निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन्।
सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन्। देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल
- अपी हिमाल
- आफ्नै लगानीमा च्याउ उद्योग: बर्दिबासदेखि इटहरीसम्म बजार जोड्दै महोत्तरीका युवा
- भारतमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यस्त दोस्रो दिन: राष्ट्रपति भवनमा राजकीय स्वागतदेखि मोदीसँग द्विपक्षीय वार्तासम्म
- पोचेटिनोको खराब सुरुवात, युनाइटेड ४-० ले पराजित
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- सोमबारको मौसम: उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली