मानव अधिकार तथा शान्ति समाजले २०७८ चैत २० गते उपल्लो मुस्ताङको लोमानथाङ्गमा ‘हिमालय बचाउँ : नदी जोगाउँ’ भन्ने आह्वानसहित जागरण कार्यक्रम आयाेजना गरेको छ।सो कार्यक्रममा शान्ति साे कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल, आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता थियो।समाजले आइतवार एक विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी गराएको हो।
कार्यक्रममा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको थियो।२०७८ चैत १७ गते गोरखाबाट शुरू भएको शान्ति समाजको हिमालय बचाउँ : नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभाको आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ।
सोही अभियानका दौरान लागू औषध तथा मदिरा दुर्व्यसन विरुद्ध जनचेतना र ‘युद्ध निषेध : शान्ति विशेष’ अभियानमा कन्द्रित विभिन्न अवधारणापत्रहरु समेत वितरण गरिएको समाजले बताएको छ।
त्यसैगरी रुकुम पुर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले सम्वोधन गर्नुभएको समाजका कार्यक्रम अधिकृत सरिता पौडेल बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
- बजेट अभावले खानेपानी आयोजना अलपत्र
- मुस्ताङ: चलचित्र छायाङ्कनको ‘हब’ बन्दै
- आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै
- आफ्नै पैसा पनि दिएन सहकारीले, छोरीको विवाहसँगै पीडामा छिन् लोनिया
- जाजरटको पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
- नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
- सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
- दुई लाख माथिले गरे पाथीभराको दर्शन, तीन करोड भन्दा बढी भेटीघाटी सङ्कलन
- वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
