प्रतिश्पर्धात्मक फाइनलमा आयोजक डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालयलाई पराजित गर्दै ओरियन्ट उच्चमाध्यमिक विद्यालयले इन्टरकलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै ओरियन्टले उपाधिसँगै दुई लाख रूपियाँको पुरस्कार राशी पनि हात पारेको छ । उपविजेता डिएभीले एक लाख रूपैयाँ प्राप्त गरेको छ ।
विजेता तथा उपविजेताहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक श्री अनिल केडिया तथा एकेडेमिक डायरेक्टर श्री सुमन बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी टिम डिएभी रेडका सुमित थापा मगर घोषित भएका छन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर ओरियन्टका सरोज पाण्डे घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार दिवश विष्ट(डिएभी रेड), विजय पौडेल(समृद्धि उच्च मावि) तथा सुनील थिङ (इन्साइट भिजन उच्च मावि)ले संयुक्तरूपमा बाँडेका थिए ।
यो कलेजस्तरीय प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता पनि हो । पहिले संस्करणमा प्रतियोगिताको पुरस्कार राशी विजेतालाई एक लाख रूपैयाँ र उपविजेतालाई ५० हजार रहेकोमा दोस्रो संस्करणमा क्रमशः डेढ लाख र ७५ हजार रूपैयाँ पुर्याइएको थियो । यसपटक त्यसलाई बढाएर विजेतालाई दुई लाख र उपविजेतालाई १ लाख रूपैयाँ गरिएको विद्यालयका अध्यक्ष अनिल केडियाले बताउनु भयो ।
प्रतियोगिताको पहिलो संस्करण मोलिस उच्च मावि जितेको थियो भने दोस्रो संस्करणको उपाधि समृद्धि उच्चमाविले हात पारेको थियो ।
प्रतियोगितामा आयोजकका तर्फबाट दुई टिम सहित कूल २६ टिमहरूको सहभागिता रहेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
