प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।
नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
