स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे ।
एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । ५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्का हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतिक्षामा रहेको बताए ।
रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो । रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।
रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ ।
रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
- हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
- पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
