वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।
हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् ।
निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्याएका स्थानीय कृषक कुमार विष्टले बताए। किसानको राम्रो नगदेबालीका रूपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।
बोखिमका अधिकांश किसानले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् ।
मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ ।
भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तीन महिनाका लागि यारी भन्सार कार्यालय ठप्प
- तीन पुस्तादेखि टमाटर खेती
- हिउँदयामको चिसोमा मुस्ताङका पूर्वाधार काम पूर्ण रूपमा ठप्प
- सिड्नीबाट एक महिनामा युवाहरूको दश शव नेपाल पठाइयो !
- भार्सेका पाखा किबीले ढाक्यो
- इरानको आन्दोलन : राजतन्त्र र युवराज रेजा पहलभी
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गुर्जा सडक सञ्जालमा जोडिँदै
- पर्व अनुसार फरक आकारको ढिक्री बनाउँदै थारू महिलाहरू
- नेपालमा विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै