साफ यू- २० च्याम्पियनसिप: समूह विजेताको लागि नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । आज घरेलु समर्थक माझ नेपाली टोली ३ अंकका साथ समूह विजेता बन्ने लक्ष्यमा हुने छ । मंगलबार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको बंगलादेश पनि उच्च लयमा छ । साविक उपविजेता समेत रहेको बंगलादेशको जित पछि नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका थिए भने श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुने छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link