मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै युरोपेली सङ्घको आलोचना गरेको छ ।
युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडी पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् ।
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा सङ्कलन गर्ने योजना स्थगित गरेको थियो ।
“युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि हालको समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ”, पत्रमा भनिएको छ।
युरोपेली आयोगका प्रवक्ताले युरोपेली सङ्घका सबै कम्पनीबाट डाटा गोपनीयता सम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताउनुभयो ।
मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लङ्घनका लागि रेकर्ड जरिवाना सामना गरेको छ, जसमा जीडीपीआर अन्तर्गत एक अरब यूरो भन्दा बढीको एकल जरिवाना समावेश छ ।
युरपेली सङ्घ युरोपेली प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयता सम्बन्धी प्रमुख कानून बनाउने पहिलो क्षेत्रीय सङ्गठन बनेको छ । यसले यो वर्षको सुरुमा एआई ऐन लागू गरेको थियो ।
मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरु प्रदान गर्न ढिलाई गरिरहेका छन् । मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो ।
गुगलले पनि युरोपेली सङ्घमा एआई उपकरणको रिलिजलाई रोकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
- ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता
- ओझेलमा अनौठो कुवा
