दमननाथ ढुङ्गानाको निधन

नेपालको लोकतान्त्रिक आन्दोलनका एक ख्यातिप्राप्त योद्धा, शान्ति र मानवअधिकार क्षेत्रका शिर्ष व्यक्तित्व र नागरिक समाजका अगुवा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज ८३ वर्षको उमेरमा उहाँ दिउँसो १ः३० बजे ढुङ्गानाको निधन भएको र अहिले उहाँको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

उहाँ वि.स २०१७ साल पछि नेपालमा लोकतन्त्रको लागि विद्यार्थीहरुलाई संगठित गर्ने अभियानबाट लोकतन्त्रको संघर्षमा जुट्नु भएको थियो । लामो लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन समेत बिताउनु भएका उहाँ नेपालको कानुनी र स‌ंवैधानिक क्षेत्रका पनि एक शिर्ष व्यक्तिको रुपमा प्रतिष्ठित हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघको वैचारिक संस्थापक मानिनु हुने उहाँ नेपाल बार एशोसियसनको पनि विभिन्न नेतृत्वदायी भूमिकामा रहनु भएको थियो ।

वरिष्ठ अधिवक्ता ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४७ को संविधान तर्जुमा आयोगका सदस्यसमेत रहनु भएका उहाँ २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएर २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुभएको थियो ।

नेपालमा संविधान सभाको निर्वाचनको लागि महत्वपूर्ण अगुवाइ र वकालत गर्नुभएका उहाँ सशस्त्र आन्दोलनमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रमुख भूमिका खेल्नुहुने सहजकर्ता पनि हुनुहुन्थ्यो । नेपालको मानवअधिकार आन्दोलनको एक प्रमुख अगुवाका रुपमा उहाँ सदैव सम्मानित रहनुहुने छ । अल विदा दमननाथ ढुङ्गाना ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link