जलवायु परिवर्तन न्युनीकरणको नारा बोकेर नयाँ वर्ष २०७९ को दिन इलेक्ट्रिक साइकलबाट विश्वभ्रमणमा निस्किएका यात्री शुभप्रसाद शर्मालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय युवा मोर्चाले सम्मानसहित विदाई गरेको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजङ्ग गुरुङले टिका र खादा ओढाएर यात्री शर्मालाई शुभकामना दिनुभयो । उपाध्यक्ष गुरुङले साइकलयात्री शर्माको अभियानको सफलताको कामना गर्दै स–सम्मान विदाई गर्नुभयो ।
विश्व साइकलयात्री शर्मालाई राष्ट्रिय युवा मोर्चाका संयोजक सूरज कुमार पाण्डेले पार्टीका तर्फबाट १५ हजार नगद र मायाको चिनो समेत हस्तान्तरण गर्नुभयो ।
आगामी पाँच वर्षभित्र विद्युतीय साइकलबाटै संसारका १ सय ५० देशको भ्रमण गर्दै विश्वभर ५ सयवटा रूख रोप्ने लक्ष्य लिएर साइकलयात्री शुभप्रसाद शर्माले नयाँ वर्षको दिन बिहिवार काठमाडौंबाट आफ्नो यात्राको थालनी गरिसक्नु भएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी