प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
‘आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताउनुभयो । गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो ।
सन्तोष बस्नेतको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रोडक्सन म्यानेजका रूपमा दिनेश राज सिवाकोटी रहनु भएको छ । गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ । गीत प्रज्ञास्वरी युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी