प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
‘आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताउनुभयो । गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो ।
सन्तोष बस्नेतको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रोडक्सन म्यानेजका रूपमा दिनेश राज सिवाकोटी रहनु भएको छ । गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ । गीत प्रज्ञास्वरी युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
