लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।पछिल्ला दश वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो।यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।
यो उपाधिसँगै पीएसजीले धेरैपटक लिग उपाधि जित्ने किर्तिमानलाई समेत बराबरी गरेको छ।सन् १९३५ देखि २००९ बिचको अवधिमा एएस सेन्ट इटेनी र ओलम्पिक लियोनले सर्वाधिक १०–१० पटक फ्रेन्च लिगको उपाधि जितेका थिए।
गए राति सम्पन्न खेलमा पीएसजीका लागि लियोनल मेसीले ६८ औँ मिनेटमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर खेलको अन्त्यतिर लेन्सका कोरेन्टिन जिनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।बराबरी पछि लिगमा पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ भने दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक मात्र छ।अब लिगमा चार चरणको खेल बाँकी भएको अवस्थामा दोस्रो स्थानको टोलीभन्दा १६ अंकले अगाडि रहँदै पीएसजीले उपाधिमाथि कब्जा जमाएको हो।
गत सिजनको समरमा बार्सिलोनाबाट पीएसजी आएका स्टार खेलाडी लियोनल मेसी पनि पीएसजीका लागि पहिलो उपाधि जित्न सफल भए।अर्जेन्टिनी खेलाडीको क्यारियरको यो ३९ औँ उपाधि हो।मेसीले बार्सिलोनाका लागि ३५ उपाधि जितेका थिए भने अर्जेन्टिनालाई ३ उपाधि दिलाउन उनी सफल भएका थिए।
फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने किर्तिमान भने ब्राजिलका डानी आल्भेसको नाममा छ।डानी आल्भेसले अहिलेसम्म ४२ उपाधि जितिसकेका छन्।
बार्यन म्युनिकलाई लगातार दशौँपल्ट बुन्डेसलिगा
गए राति सम्पन्न खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै जर्मन च्याम्पियन बार्यन म्युनिकले ३ चरणको खेल अगावै बुन्डेसलिगाको उपाधिमाथि कब्जा जमाएको छ।पछिल्ला १० सिजन लगातार लिग उपाधि जित्दै बार्यन म्युनिकले लिगमा आफ्नो प्रभुत्वको एक दशक पनि सफलतापूर्वक पूरा गरेको छ।
यो उपाधिसँगै बार्यनले ३२औँ पटक जर्मन लिगको उपाधि आफ्नो नाम गराएको छ जुन आफैँमा एउटा किर्तिमान हो।त्यस्तै लगातार १० पटक घरेलू लिग जित्दै बार्यनले लगातार धेरैपटक लिग उपाधि जित्ने अर्को किर्तिमान समेत आफ्नो नाम गराएको छ।यसअघि यस्तो किर्तिमान संयुक्त रूपमा बार्यन म्युनिक र इटालियन क्लव युभेन्टसको नाममा थियो।युभेन्टसले २०१२ देखि २०२० का बिचमा लगातार ९ उपाधि जित्दै राखेको किर्तिमानलाई गत वर्ष लिग जित्दै बार्यनले बराबरी गरेको थियो।
बुन्डेसलिगामा ३ चरणको खेल बाँकि रहेको अवस्थामा बार्यनको ७५ अंक छ भने दोस्रो स्थानमा रहेको डर्टमन्डको ६३ अंक मात्र छ।
बार्यन म्युनिकका पोलिस स्ट्राइकर रोवर्ट लोवान्डोस्कीले यो सिजन बुन्डेसलिगामा ३३ गोल गरिसकेका छन्।उनी लगातार पाँचौँपटक र समग्रमा सातौँपटक लिगको सर्वाधिक गोलकर्ताको किर्तिमानको बनाउन जम्मा ३ खेल मात्र टाढा छन्।सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा रहेका वायर लेभरकुसेनका प्याट्रिक सिकको जम्मा २१ गोल रहेकाले लेवान्डोस्कीलाई यो अद्भूत किर्तिमान बनाउनबाट कसैले रोक्न सक्ने स्थिति छैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
