पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।
कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।
केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए। सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।
यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो। गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- काठमाडौंको पानी पूर्ण बन्द, माग पूरा नभएको भन्दै मुहान थुनियो
- वीरगञ्ज नाकाबाट निर्यात वृद्धि
- परम्परा र प्रविधिको मेल: भोजपुरे खुकुरीले पर्यटनलाई उकास्दै
- आजको विदेशी मुद्राको विनिमय दर
- फिलिपिन्समा सय भन्दा बढी मरेको कल्माएगी तुफान भियतनाम आइपुग्यो
- पूर्वसिपाहीको कृषि उद्यम : ड्रागन फ्रुट फार्मबाट रोजगारी र धनसम्पत्ति
- पूर्वाधारले फेरियो तिनचुलेको मुहार : पर्यटकको चहलपहल बढ्यो
- मम्दानीको ऐतिहासिक जित तर वास्तविक चुनौतीहरू अझै बाँकी
- ७३ वर्षीय जोशिलो मौरीपालक: सुन्तलाबाट महतर्फको रोमाञ्चक यात्रा
- काठमाडौं:अस्पतालदेखि विमानस्थलसम्म नि:शुल्क वाइफाइ