सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।
दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासंघ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदर पत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोरियन सहयोग नियोग पोखरा आएपछि बर्न हस्पिटलको सम्भाव्यता अध्ययन सुरु
- ट्रम्पको नयाँ ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम :१३ करोड नेपाली रुपैयाँ तिरे सीधै अमेरिकी नागरिक बन्न सकिने
- खाद्य कम्पनी तुलसीपुरद्वारा रु १ करोड ४५ लाखमा धान खरिद
- नेपाल प्रिमियर लिग दोस्रो संस्करण: फाइनलको लागि विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच खेल हुँदै
- आज अन्तर्राष्ट्रिय पर्वत दिवस
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रिमियर लिग: काठमाडौँलाई हराएर लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, फाइनलका लागि विराटनगरसँग भिड्ने
- मुस्ताङको साङ्ता गाउँ
- फागुन २१ को निर्वाचन नजिकिँदै: १०० दलले समानुपातिकमा निवेदन दर्ता
- बागलियो वर्षा, बलियो उत्पादन : बागलुङमा धान बढ्यो