विराटनगरको लगातार तेस्रो जित, जनकपुर ९ रनले पराजित

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई रोमाञ्चक रूपमा ९ रनले हराउँदै लगातार तेस्रो जित निकालेको छ। यो जितसँगै विराटनगर अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ।

टस जितेर पहिला बलिङ रोजेको जनकपुरले विराटनगरलाई २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रनमा रोकेको थियो। विराटनगरका शुभम रञ्जनेले सर्वाधिक ३७, बसिर अहमदले ३६ तथा लोकेश बमले २८ रन बनाए। जनकपुरका रुपेश सिंह र संगीत कोरीले समान २–२ विकेट लिए।

१३६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरले खराब सुरुआत गर्‍यो र पूरै २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र जोड्न सक्यो। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा कुनै चौका–छक्का नदिई मात्र ११ रन खर्चेर ४ विकेट लिए। उनले १५ बल डट फ्याँकेका थिए। सूर्य तामाङले २ तथा शुभम रञ्जने र मर्स्याङ डि लाङले १–१ विकेट हात पारे।

जनकपुरका यान निकोल लोफ्टी इटनले ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। यो हारसँगै जनकपुर लगातार दोस्रो खेलमा पराजित भएको छ।

आजको दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link