नेपाली कोइरालो र पालीको कोभिलारा

नेपालमा कोइरालो भनेर चिनिने यो वनस्पतिको वैज्ञानिक नाम Bauhinia variegata  हो र अंग्रेजीमा यसलाई orchid tree (तर अर्किडसँग कुनै सम्बन्ध छैन)mountain ebony भनिन्छ। यसको कोपिला र फूलचाहिँ अचारका रूपमा खाइन्छ भने बिरुवा घाँसका रुपमा प्रयोग हुन्छ। संस्कृतमा काञ्चनार भनिने यो वनस्पतिलाई आसामीमा काञ्चन हिन्दीमा कचनाल वा कचनार बांग्लामा रक्तकाञ्चन भनिन्छ। प्रायः भारतीय भाषामा यसको नाम संस्कृतसँग जोडिएको छ भने नेपाली नामचाहिँ पाली भाषाको कोभिलारासँग जोडिएको देखिन्छ।  

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

वासुदेव न्यौपाने/लमजुङ का अन्य पोस्टहरु:
नेपाली कोइरालो र पालीको कोभिलारा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link