नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा बुधवार भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटको सानदार जित हासिल गरेको छ। यो जितसँगै लुम्बिनीले प्लेअफ यात्रा बलियो बनाएको छ भने आज बिहीबार दुई थप रोचक खेलहरू आयोजना हुँदै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न बुधबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको सामान्य स्कोर बनायो। कप्तान लोकेश बमले ३५ रनको योगदान दिए पनि टिमका अन्य ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न सकेनन्। बसिर अहमदले अन्तिम चरणमा १९ बलमा २८ रन थपे पनि यो प्रयास पर्याप्त भएन।
जवाफमा लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट गुमाएर १४५ रनको लक्ष्य हासिल गर्यो। श्रीलंकन ब्याटर डार्सी सर्टले अर्धशतकीय पारी खेल्दै ४४ बलमा ५७ रन (६ चौका र २ छक्का सहित) जोडे, जसले टिमको जितमा निर्णायक भूमिका निर्वाह गरे। निरोशन डिकवेलाले अविजित २२ बलमा २९ रनको योगदान दिए भने दिलीप नाथ र सुमित महर्जनले क्रमशः १६ र १० रन थपे। बलिङतर्फ शेर मल्लले ३ विकेट लिँदा सन्दीप लामिछाने र सुवास भण्डारीले समान २–२ विकेट हात पारे। यो जितसँगै लुम्बिनीको तेस्रो सफलता भएको छ भने विराटनगरको दोस्रो हार। दुवै टोलीले अझै प्लेअफको सम्भावना जीवित राखेका छन्।
यसैबिच, बिहीबार एनपीएलका दुई महत्त्वपूर्ण खेलहरू हुँदै छन् जसले तालिकाको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। पहिलो खेलमा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सबीच बिहान ११:४५ बजे भिडन्त हुनेछ। काठमाडौँले ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने पोखराले ४ अङ्कसहित पाँचौँ स्थान ओगटेको छ। दोस्रो खेल दिउँसो ४ बजे सुरु हुने छ, जसमा प्लेअफमा प्रवेश गरिसकेको अपराजित सुदूरपश्चिम रोयल्स (१० अङ्कसहित शीर्ष स्थान) ले चितवन राईनोज (४ अङ्कसहित छैटौँ स्थान) को सामना गर्नेछ। यी खेलहरूले बाँकी टोलीहरूको प्लेअफ यात्रालाई प्रभाव पार्नेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर