सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको दोस्रो संस्करणको फाइनल खेल शनिबार मङ्सिर २७ दिउँसो ३:३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सचबिच सिधा भिडन्त हुनेछ। यो खेलमा विजेताले १ करोड रुपैयाँ पुरस्कारसहित उपाधि कब्जा गर्नेछ।
गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराएर सिधै फाइनलमा स्थान पक्का गरेको थियो। कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको यो टिमले लिग चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका प्रबल दाबेदार बनेको छ। गत वर्ष जनकपुर बोल्टाजसँग ५ विकेटले हारे पनि यस सिजनमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले नै हराएको थियो, जसले उनीहरूलाई मनोवैज्ञानिक लाभ दिन सक्छ।
यता, लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै पहिलो पटक फाइनल यात्रा गरेको छ। कप्तान रोहित कुमार पौडेलको टिम गत सिजन लिग चरणमै बाहिरिएको थियो, तर यस वर्ष क्वालिफायरहरू पार गर्दै उपाधि जित्ने दृढ सङ्कल्प गरेको छ। लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गुर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
नेपाल क्रिकेट सङ्घले आयोजना गरेको यो प्रतियोगितामा आठ टिमहरू सहभागी थिए। मङ्सिर १ गतेदेखि सुरु भएको लिगको फाइनल चरणले क्रिकेट प्रेमीहरूलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
उपाधि विजेताले १ करोड, दोस्रोले ५१ लाख, तेस्रोले २५ लाख र चौथोलाई १५ लाख पुरस्कार प्रदान गरिनेछ। दुवै टिमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शनका लागि तयारी गरेको स्रोतले जनाएको छ, तर सुदूरपश्चिमको ब्याटिङ र लुम्बिनीको बलिङ लाइनअपले खेललाई रोचक बनाउने विश्लेषण गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर