सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनी र उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
यो सिजन नयाँ च्याम्पियन बन्ने पक्का भएको छ किनकि गत संस्करणको विजेता जनकपुर बोल्ट्स प्लेअफबाटै बाहिरिएको छ। साबिक उपविजेता सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराएर र दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो।
सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आठ खेलमध्ये सातमा जित हात पारेको थियो। टोलीका प्रमुख खेलाडीहरूमा अभिनाश बोहरा (१६ विकेट), विनोद भण्डारी (२६४ रन), हर्मित सिंह (१२ विकेट र १२३ रन) तथा दीपेन्द्रसिंह ऐरी (१४९ रन र ८ विकेट) रहेका छन्।
यता लुम्बिनीले लिग चरणमा चार जितसहित प्लेअफमा स्थान बनाएको थियो। कप्तान रोहित पौडेलले २६० रन बनाउँदै टोलीको मुख्य हतियार बनेका छन् भने शेर मल्ल (१४ विकेट), डार्सी शर्ट (२४२ रन) र रुबेल ट्रम्पेलम्यानले पनि महत्त्वपूर्ण योगदान दिएका छन्।
विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। दर्शकहरूको उत्साहपूर्ण उपस्थितिसँगै फाइनल खेलले नेपाली क्रिकेटको रौनक बढाउने विश्वास गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता