बागलुङमा एचआइभी सङ्क्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन्। त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन्।
सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन्। सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताए।
उनका अनुसार हरेक वर्ष एचआइभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षमा करिब २० हजार जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चालु आर्थिक वर्षमा आठ जनामा एचआइभी सङ्क्रमण देखिएको छ। अधिकांश नयाँ सङ्क्रमित विदेशबाट फर्किएका व्यक्ति रहेको उनले बताए।
घिमिरेका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग तथा लागुऔषध प्रयोग गर्दा एउटै सुई प्रयोग गर्नेजस्ता कारणले एचआइभी सर्ने गर्छ। समाजमा हुने लाञ्छना र भेदभावका कारण सङ्क्रमितको पहिचान तथा उपचारमा ल्याउन अझै चुनौती रहेको उनले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै