साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ।
धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन्। धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन्। बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो।
जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ। धाममा आउने श्रद्धालुको सुविधाका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सहायता व्यवस्थासमेत गरिएको थियो।
पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा साउन महिनाभर विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्। धामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार साउनबाहेकका सामान्य दिनमा पनि दैनिक करिब पाँच हजार श्रद्धालु दर्शनका लागि आउने गरेका छन्। साउने सोमबार, महाशिवरात्रि र तीजजस्ता पर्वमा भने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन्।
यस क्षेत्रभित्र १०८ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिवलिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्ञ्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, शन्तनिवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशाला रहेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै