राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ।
राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना जारी गर्दै दुईमध्ये कम्तीमा एक जना महिला रहने गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त दिन सक्नेछन्।
सूचनाअनुसार इच्छुक उम्मेदवारले निर्धारित ढाँचाको आवेदन फाराम भरी आवश्यक कागजातसहित कार्यालय समयमा सिफारिस समितिको सचिवालय रहेको राष्ट्रिय सूचना आयोग, त्रिपुरेश्वर, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन्।
सिफारिस समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना आयुक्त नियुक्तिका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार अभावबीच गाउँमा झाँगिँदै क्रिकेट
- पोचेटिनोको पहिलो जितको प्रतीक्षा लम्बियो: स्पोर्टिङ र म्यानचेस्टर युनाइटेड २–२ को बराबरीमा
- आजको मौसम: तराईमा हुस्सु, पहाडमा आंशिक बदली र अन्यत्र सफा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु