संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने भएको छ।
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै
- १० खेलाडीमा सीमित रियाल मड्रिडको भियारियालमाथि रोमाञ्चक जित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- तराईमा मौसम सफा रहने, केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने