संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने छन्।
त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
- आजको विनिमय दर निर्धारित
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै
- १० खेलाडीमा सीमित रियाल मड्रिडको भियारियालमाथि रोमाञ्चक जित