एनपीएलमा आज दोहोरो भिडन्त: विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी आमनेसामने हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे बाह्र बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन्।

पाँच खेलमा दुई जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ। पोखराले आफ्नो पाँच खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ।

यसैगरी आज दिउँसो साढे चार बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन्। यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको तेस्रो स्थानमा छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link