इन्टेलको नयाँ जीपीयु फ्लेक्स कार्ड सार्वजनिक

के तपाइँ गेम खेल्दा वा भिडियो तथा तस्बिर सम्पादन गर्दा कम्प्युटर ढिलो भएजस्तो लागेको छ ? चिन्ता नगर्नुहोस्, इन्टेलले ल्याएको नयाँ जीपीयु फ्लेक्स कार्डले तपाईंको समस्या समाधान गरिदिन सक्छ । यसका लागि कम्प्युटरको चिप्सहरू बनाउने कम्पनी इन्टेलले नयाँ जीपीयु सार्वजनिक गरेको छ ।

जीपियु भन्नाले कम्प्युटरमा तस्बिरहरू देखाउन मुख्य भूमिका निर्वाह गर्ने अंग वा पुर्जा हो । यसले कम्पयुटरमा चित्र बनाएर मनिटरसम्म पुर्‍याउने काम गर्छ ।

हाल सार्वजनिक गरिएको फ्लेक्स भन्ने जीपीयुले एक पटकमा आठ वटा सम्म  फोर के (4k) भिडियोहरू कम्प्युटरमा जोडिएको मोनिटरमा देखाउन सक्छ । यसैगरी ३० वटा भन्दा बढी (1080p) मा भिडियोहरु देखाउन सक्छ । साथै यसले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी काम पनि गर्न सक्छ ।

मूलत: जीपीयु फ्लेक्सले कम्प्युटरमा खेलहरु सहजतापूर्वक खेल्न सहयोग गर्छ । भिडियो स्टुडियोहरूमा दृश्य र तस्बिर सम्पादनको काम छिटो गर्न पनि मदत पुर्‍याउँछ । त्यस्तै अनलाइन गेमिङको सुविधा दिनका लागि डेटा सेन्टरमा पनि यो जीपीयुलाई प्रयोग गर्न सकिनेछ । यो कार्ड विशेष गरी सामान्य उपभोक्तालाई भन्दा डाटासेन्टरहरूलाई लक्ष गरी बनाइएको कम्पनीले जनाएको छ । यो कार्डले सूक्ष्मतापूर्वक काम गर्छ भनेर इन्टेल कम्पनीले आफैं प्रयोगशाला परीक्षण गरे पनि अन्य व्यक्ति तथा कम्पनीले यसको क्षमता र विशेषता परीक्षण गर्न पाएका छैनन् । यो कार्डका लागि चाहिने ड्राइभर सफ्टवेयर बनाएर आम उपभोक्तासम्म पुर्‍याउने कार्य अझै गरिएको छैन ।

२५ अगस्ट २०२२ मा सार्वजनिक गरिएको यो जीपीयु फ्लेक्सको मूल्य कति पर्छ भन्ने इन्टेल कम्पनीले खुलाएको छैन । यो जीपीयु फ्लेक्स डेल, एचपी, लेनोभो जस्ता कम्प्युटर उत्पादक कम्पनीले बनाएका कम्प्युटरमा उपयोग गरेको पाउन सकिनेछ ।

(यो सामग्री सविन आचार्यको सहयोगमा तयार गरिएको हो ।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राजु घिमिरे/काठमाडौं का अन्य पोस्टहरु:
इन्टेलको नयाँ जीपीयु फ्लेक्स कार्ड सार्वजनिक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link