गैँडाको शिकार र सिङको व्यापार घट्यो तर खतरा अझै कायम

आईयुसीएनका अनुसार नेपाल र भारतमा पाइने एकसिङ्गे गैँडाको संख्या सन् २०१८ मा करिब ३,५८८ बाट बढेर सन् २०२१ को अन्त्यमा ४,०१४ पुगेको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को एसएससी (स्पेशल सर्भिस कमिशन) को अफ्रिकी र एसियाली गैंडासम्बन्धी विशेषज्ञ समूह तथा वन्यजन्तु संरक्षणमा कार्यरत ट्राफिकले जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, २०१८ यता गैंडा शिकारको दर घटेको छ। तस्करी बजारका व्यापारिक तथ्याङ्कले सन् २०१३ यता गैंडाको सिङको सबैभन्दा कम वार्षिक घटना भएको देखाएको छ। यो साता सार्वजनिक गरिएको यो प्रतिवेदन यस वर्ष नोभेम्बरमा पानामामा आयोजना हुन लागेको साइटिस भनिने सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनका लागि तयार गरिएको हो।

यी सबै हुँदाहुँदै पनि सिङका लागि हुने अवैध शिकारका कारण गैंडाको अस्तित्व अझै पनि गम्भीर खतरामा रहेको संरक्षणकर्ताहरूले भनेका छन्। इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयुसीएन) को प्रतिवेदनमा पनि शिकार अझै पनि यो प्रजातिको अस्तित्वको लागि गम्भीर खतरा रहेको बताएको छ।

आईयुसीएन को रिपोर्ट अनुसार अफ्रिकामा २०१८ र २०२१ को बीचमा कुल २,७०७  गैँडाको शिकार गरिएको थियो, जसमध्ये धेरैजसो दक्षिण अफ्रिकामा, मुख्य रूपमा क्रुगर राष्ट्रिय निकुञ्जमा मारिएका थिए। दक्षिण अफ्रिकामा विश्वका ८० प्रतिशत गैंडा पाइन्छ। अफ्रिकामा गैँडाको दर सन् २०१५ मा कुल संख्याको ५.३ प्रतिशतबाट २०२१ मा २.३ प्रतिशतमा झरेको आईयुसीएनले जनाएको छ।

आईयुसीएन अफ्रिकी गैंडा विशेषज्ञ टोलीका वैज्ञानिक साम फरेराले गैँडाको शिकारमा भएको समग्र गिरावट उत्साहजनक भए पनि यी जनावरहरूको अस्तित्वमा अझै गम्भीर खतरा रहेको बताउनुभएको छ।

साम फरेराले भन्नुभयो, “शिकारको दर किन घट्दै गइरहेको छ, त्यसको औपचारिक विश्लेषण भएको छैन। यो कम हुनुमा कानून कार्यान्वयनमा राम्रो स्थानीय सहयोग, सीमामा कडाइ र अवैध व्यापार हुने देशहरू बीचको अन्तर्राष्ट्रिय सहयोग, साथै गैंडाको सिङको मागमा आएको परिवर्तन सहित धेरै कारकहरू जिम्मेवार हुन सक्छन्।”

आईयुसीएन रिपोर्टमा भनिएको छ कि २०२० एक असामान्य वर्ष थियो, जसले कोविड महामारीका कारण धेरै अफ्रिकी देशहरूमा शिकारको दरमा कमी आएको थियो। सन् २०२० मा दक्षिण अफ्रिकाले शिकारका कारण ३९४ गैँडा गुमायो, जबकि केन्यामा त्यो वर्ष एउटा पनि गैँडाको शिकार भएको थिएन।

कोभिडको समयमा लगाइएको यात्रा प्रतिबन्धहरू हट्ने बित्तिकै, दक्षिण अफ्रिकामा ४५१ र केन्यामा ६ वटा गैँडाको शिकार भएको केही देशहरूबाट शिकारी गतिविधिहरूमा नयाँ वृद्धि भएको रिपोर्ट गरिएको छ।

आईयुसीएन प्रतिवेदनका अनुसार यो संख्या सन् २०१५ मा मात्रै दक्षिण अफ्रिकामा १,१७५ गैँडा मारिएको भन्दा धेरै कम हो। अफ्रिकामा गैँडाको संख्या वार्षिक १.६ प्रतिशतले घटेको छ, जुन २०१८ मा २३,५६२ बाट गत वर्षको अन्त्यमा २२,१३७ मा पुगेको छ।

आईयुसीएन प्रतिवेदनले खतरामा परेका प्रजातिहरूको रातो सूचीमा जोखिममा परेका सेतो गैँडाको संख्या यस अवधिमा १८,०६७ बाट बढेर १५,९४२ पुगेको र झण्डै १२ प्रतिशतले गिरावट आएको बताएको छ।

तर, अति संकटमा परेका कालो गैँडाको संख्या १२ प्रतिशतले बढेर ६ हजार १९५ पुगेको छ। आईयुसीएनले विभिन्न सीमावर्ती राज्यहरूमा रहेका सबै उप-प्रजातिहरूको लागि सक्रिय जनसंख्या व्यवस्थापन र निरन्तर शिकार विरोधी गतिविधिहरू आवश्यक रहेको बताएको छ।

तथ्याङ्कले यो पनि देखाउँछ कि, सन् २०१६ र २०१७ मा प्रति वर्ष करिब २ हजार ३ सय ७८ को तुलनामा सन् २०१८ र २०२० को बीचमा हरेक वर्ष औसतमा ५७५ देखि ९२३ गैँडा गैँडा अवैध व्यापारको बजारमा प्रवेश गरेको छ।

नेपाल र भारतमा गैंडा

आईयुसीएन को प्रतिवेदनमा सन् २०१७ यता मुख्यतया नेपाल र भारतमा पाइने एकसिङ्गे गैँडा र अति संकटमा परेका जाभा गैँडाको संख्या बढेको बताएको छ। नेपाल र भारतमा गैंडाको संख्या २०१८ को अनुमानित ३५८८  बाट बढेर २०२१ को अन्त्यमा ४०१४ पुगेको छ। यो कानुनको कडा कार्यान्वयन सहित संरक्षण प्रयासहरूबाट सम्भव भएको हो।

जाभामा गैंडाको जनसंख्या २०१८ मा ६५ बाट ६८ मा बढेर २०२१ को अन्त्यमा ७८ मा पुग्यो। तर सन् २०१८ मा ४० देखि ७८ गैँडाको तुलनामा सन् २०२१ मा सुमात्रान गैंडाको सङ्ख्या ३४ देखि ४७ पुग्यो। आईयुसीएनले सुमात्रा गैंडालाई अति संकटमा परेको वर्गीकरण गरेको छ, जुन सबै गैँडा प्रजातिहरूमध्ये सबैभन्दा सानो हो।

संसारमा केवल इन्डोनेसियाको सुमात्रा र बोर्नियो टापुहरूमा ८०  भन्दा कम मात्र सुमात्रा गैंडाहरू बाँकी भएको वर्ल्ड वाइल्ड फन्ड फर नेचरको अनुमान छ।

आईयुसीएन को प्रतिवेदनमा सन् २०१८ को सुरुदेखि एशियामा गैँडा मारिएका ११ वटा घटना रेकर्ड भएका छन्, जसमध्ये १० भारतमा र एउटा नेपालमा रिपोर्ट गरिएको छ, ती सबै एकसिङ्गे गैँडा थिए। सन् २०१३ देखि बढेको एसियाली गैँडाको शिकार सन् २०१८ र २०२२ बीचमा घटेको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

तस्बिरः द इकोलोजिष्ट

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link