विश्व सांस्कृतिक विविधताले सिँगारिएको छ। कुनै एकल जाति, धर्म भाषा र संस्कृति भएको मुलक विश्वमा शायद कमै होला। प्राय:जसो मुलुकमा बहुजाति, बहुभाषी र बहुसंस्कृति भएका समुदायको मावनवस्ती भएको पाइन्छ। त्यस्तै बसोबास रहेको एउटा देश नेपाल पनि हो। यो हिमालको काखमा अवस्थित नेपालको आफ्नै इतिहास छ। प्राचीनकालदेखि नै ‘चार वर्ण, छत्तीस जातको साझा फूलवारी’ अर्थात् विविधताबीच एकताको सुत्रमा बाँधिएका बहुसांस्कृतिक समुदाय रहेको सुन्दर देश हो।
संस्कृति सामाजिक संस्थाको अंग हो, जसले समाज निर्माणको एउटा तत्वका रूपमा भूमिका निर्वाह गरेको हुन्छ। यो परिर्वतनशील भएकाले यसले समयनुसार निश्चित स्वरूप पनि धारण गर्छ।
मानव सभ्यता र संस्कृतिमाथि गरिएको अध्ययन र खोज अनुसार पनि समाज र संस्कृतिको विकास साधारणबाट जटिलतर्फ क्रमिकरूपमा उन्मुख तहहरू पार गर्दै जान्छ भनेर समाजशास्त्रीहरूले औंल्याएका छन्। वास्तवमा शताब्दी पिच्छे एक खास समाजमा देखासिकी संस्कृतिका केही अंग सर्दै अर्काे समाज विकासको अंगका रूपमा स्थापित भएको देखिन्छ।
विभिन्न धार्मिक ग्रन्थहरूमा भएका विचारहरूले पनि समाज र संस्कृतिको विकासमा महत्वपूर्ण योग्दान पुर्याएका छन्। संस्कृति भित्र पनि सा–साना संरचनाहरू छन्, धर्म, वर्ग, जातजातिका संस्थाहरू यसका उदाहरण हुन्। जसको मूल्य मन्यता अनुसार समुदायले आ–आफ्ना सांस्कृतिक तथा परम्परागत रीतिरिवाज अनुसार धार्मिक, वैवाहिक, पूजाआजा लगायतका कार्यहरू गर्दछन्। जुन सामजिक, आर्थिक र राजनीतिक संरचनाको बलियो आधार हुने गर्दछ।
संस्कृतिसँग अर्थतन्त्र
करिब–करिब १८ औं शातब्दीको अन्त्यतिरबाट आर्थिक क्रान्तिको लहर विश्वमा उदीयमान भई व्यावसायिक, सामाजिक र धार्मिक जीवनमा प्रवेश गरे लगत्तै सामाजमा आर्थिक, राजनीतिक, सांकृतिक, भौगोलिक, उत्पादनका साधनहरू माथि मालिकको एकलौटी नियन्त्रण र स्वामित्व रहन थाल्यो। यसले समाजमा आर्थिक, सांस्कृतिक र समाजिक संरचनाभित्र जात, धर्म, सम्बन्ध, पेशा जस्ता ससाना तत्वहरूमा विभाजन गर्दै गतिशीलतातिर उन्मुख गर्यो।
करिब १२५ भन्दा बढी जातिजाति, भेषभुषाको मानववस्ती भएको प्राचीन सभ्यता र संस्कृतियुक्त देश नेपाल विश्वको एक सुन्दर नगरीका रूपमा स्थापित छ। जहाँ प्रत्येक समुदायका व्यक्तिहरूको जीवन निर्वाह गर्र्ने, आफ्नै सिप, कला र पेशामा अधारित आर्थिक एकाइहरू विद्यमान र चलायमान छन्।
लाखौं मानिसको जीवन निर्वाह गर्ने मुख्य आधार नै स्थानीय स्रोत–साधनमा अधारित परम्परागत पेशागत सिपको प्रयोग गरी विभिन्न प्रकारका वस्तु उत्पादन गरी बिक्री गर्नु हो। अर्कातर्फ, मधेश प्रदेशको आर्थिक हिस्साको ठूलो भाग पेशगत सिपमा आधारित छ, जुन अनौपचारिक क्षेत्रमा निहित छ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाका छोटेलाल मुखिया बाँसको सामग्री उत्पादन तथा बिक्री गरी जीवीका गर्ने गर्दछन्। उनी मात्र होइन, करिब ८० परिवार विम मुखियाहरू साउनदेखि कात्तिकसम्म बाँसबाट बनाइने विभिन्न प्रकारका रङ्गी–बिरङ्गी सामग्री उत्पादनमा व्यस्त हुने गर्दछन्। अरु समयमा ज्यालादारी गर्ने गर्दछन्। पहिला वर्ष भरी बाँसकै काम गरेर जीविका निर्वाह गर्दथे भने अहिले नयाँ–नयाँ प्रविधिबाट बनेका प्लाष्टिक समग्री छ्यापछ्याप्ती पाइन थालेको हुँदा आफ्नो पेशा गुमाउन बाध्य भएका छन्।
यस्तै बाराको प्रशौनी र बीरगञ्जका ५० परिवारका महिला तथा पुरुषहरू माटोको दियो, मट्का, कलश, सुराइ, गाग्रो, हात्ती, गमला लगायतका विभिन्न रङ्गी–बिरङ्गी भाँडाकुँडा उत्पादन गरी बिक्री गरेर आफ्नो जीवीका निर्वाह गरिररहेका छन्
स्थानीय रामकुमार कुम्हालका अनुसार पूर्वजदेखि नै पारिवारिक पेशाका रूपमा माटाको भाँडा–वर्तन उत्पादन गर्ने सिप रहेकाले जीवीकोपार्जन गर्न सजिलो भएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘नयाँ–नयाँ प्रविधिबाट उत्पादन भएका वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेकाले विस्तारै उत्पादन कार्यमा व्यक्तिको चासो कम हुँदै गएको छ।
नेपालबाट निर्यात हुने वस्तुमध्ये विभिन्न समुदायले उत्पादन गरेका हस्तकालाका सामानहरूको महत्वपूर्ण योग्दान रहेको छ। स्वदेशी श्रम, सिप, कला र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास अनि घरेलु र साना उद्योग समेत स्थापना भएका छन्। यस्तै हस्तकलाका क्षेत्रमा झण्डै ८ लाख व्यक्तिहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरी यस क्षेत्रले गरिबी निवारणमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरू, चीन, भारतलगायत अन्य मुलुकहरूमा विभिन्न प्रकारका हस्तकलाका सामग्री निर्यात भइरहेका छन्। हस्तकला महासंघ नेपालका उपध्यक्ष दिव्यतारा तुलाधारका अनुसार आन्तरिक तथा बाह्य गरेर वार्षिक करिब १६ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गर्दछ।
नेपालको संस्कृति अनुसारको, उपभोग्य वस्तु, पहिरन तथा दैनिक आवश्यकताका सरसामान उत्पादन गर्ने उद्योग अर्काे देशमा स्थापना भएका छन्। नेपाल ती देशबाट आयात गरी आपूर्ति गर्ने स्थितिमा पुगेर बजेट घाटा सहनसमेत बाध्य भएको छ। चीनबाट जनै आयात भएको तथ्यांक सञ्चार माध्यमले सार्वजनिक गर्दा अघिल्लो वर्ष धेरैले आश्चर्य मानेका थिए। जनै भारतवर्षका मानिसहरूको संस्कृतिभित्रको एउटा विशेष र अभिन्न पक्ष हो। भारतवर्षका जनैधारीको छातीमा चीनले हात पुर्याएर आर्थिक उपार्जन गर्नुले धेरै कुरा संकेत गर्दछ।
नेपालको आधाभन्दा बढी आर्थिक क्रियाकलाप अनौपचारिक क्षेत्रमा सम्पन्न हुने गर्छ। जसको मुख्य कारण मध्य कृषि तथा गैरकृषि क्षेत्रमा परम्परागत सिप र कलामा अधारित आर्थिक गतिविधिलाई मानिन्छ।
नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४/७५ (तेस्रो) को नतिजा केलाउँदा ‘नेपालको कुल रोजगारीको ठूलो हिस्सा (८४.६ प्रतिशत) अनौपचारिक क्षेत्रको आर्थिक क्रियाकलापमा’ भइरहेको छ। यो सामान्य विषय होइन। यसैले गर्दा हुनुपर्छ– अनौपचारिक क्षेत्रले पुर्याएको योग्यदान देखेर विश्व नै चकित छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले मार्च २०१८ मा प्रकाशन गरेको अनौपचारिक अर्थतन्त्रमा महिला र पुरुषको एउटा तथ्यांक चित्रले कृषि र गैरकृषि श्रम गरी विश्वमा ६१ प्रतिशत श्रमशक्ति अनौपचारिक अर्थतन्त्रमा कार्यरत रहेको उल्लेख गरेको छ। जसले करिब २ अर्ब कामदारहरूको प्रतिनिधित्व गर्दछ। ओमन एण्ड मेन इन द इन्फर्मल इकोनोमी: अ स्टास्टिकल पिक्चर (तेस्रो संस्करण)/ अन्तर्राष्ट्रिय श्रम कार्यालय, जेनेभा: आइएलओ, २०१८)
सांस्कृतिक अर्थतन्त्रको विश्वव्यापीकरण
विभिन्न समुदाय मिश्रित भई बसोबास गरिरहेका मानिसलाई विश्वको सांस्कृतिक रीतिरिवाज, सेवा, श्रम र जीवनशैलीले एउटै अर्थतन्त्रमा बाँधिरहेको छ। यस कार्यमा सांस्कृतिक अर्थतन्त्रको ठूलो योगदान छ।
नेपालको संस्कृति अनुसारको, उपभोग्य वस्तु, पहिरन तथा दैनिक आवश्यकताका सरसामान उत्पादन गर्ने उद्योग अर्काे देशमा स्थापना भएका छन्। नेपाल ती देशबाट आयात गरी आपूर्ति गर्ने स्थितिमा पुगेर बजेट घाटा सहनसमेत बाध्य भएको छ। चीनबाट जनै आयात भएको तथ्यांक सञ्चार माध्यमले सार्वजनिक गर्दा अघिल्लो वर्ष धेरैले आश्चर्य मानेका थिए। जनै भारतवर्षका मानिसहरूको संस्कृतिभित्रको एउटा विशेष र अभिन्न पक्ष हो। भारतवर्षका जनैधारीको छातीमा चीनले हात पुर्याएर आर्थिक उपार्जन गर्नुले धेरै कुरा संकेत गर्दछ।
सांस्कृतिक व्यवस्थाभित्र परिवार, नातेदार, वर्ग जस्ता अनौपचारिक सामाजिक संस्थाबाहेक राज्य, नियम कानुन, संघ र संरचना जस्ता अनौपचारिक संस्थाहरू पनि छन्। जसले सामाजिक, आर्थिक र राजनीतिक नियन्त्रण गर्न प्रत्यक्ष भूमिका निर्वाह गर्दछ।
अर्कातर्फ सांस्कृतिक संरचनाले समाजलाई विभेद गरेको देखिन्छ। यसले गरिबमाथि श्रम शोषण, छुवाछुत, जातपात तथा स्रोतमा ठुलाबडाको एकलौटी र नियन्त्रण, द्वन्द्व, क्रान्ति जस्तो भूमिकामा प्रत्यक्ष संलग्न हुने गर्छ।
अन्त्यमा एक्काइसौं शताब्दीसम्म आउँदा प्राचीन संस्कृति विस्तारै लोपोन्मूख भएको र परिवर्तित युगमा देखिएको नयाँपनले समाजमा थप आर्थिक भार समेत बढेको देखिन्छ। विश्व बजारमा सांस्कृतिक रूपमा नेपाललाई धनी देश भनेर चिनिन्छ। यहाँको कला र सीपसँग जेडिएर पर्यटन र हस्तकलामा आधारित उद्योगहरूले देशको अर्थतन्त्रमा राम्रै टेवा पुर्याएकोछ।
नेपालभित्र देखिएको व्यावसायिक अवसर, प्रविधि र प्रवद्र्धनलाई शिक्षासँग जोड्ने प्रयास भने कमै मात्र भएको देखिन्छ। प्रविधि, बजारको अभाव, बैंकको व्याज र सरकारी नीति आदिका कारण उद्योग प्रवद्र्धनमा समेत चुनौती देखिएको छ। राज्यको आर्थिक संरचनामा प्राकृतिक, भौतिक सम्पदा र सांस्कृतिक संरचनासँग जोडिएको उद्योग, व्यवसाय तथा सेवालाई प्रवद्र्धन गर्ने मुद्दातर्फ राज्यको ध्यान यथोचितमात्रा पुग्न सकेको छैन।
हाम्रो सोच युरोपको विकासको नक्कल गर्नुमा मात्र सीमित देखिएको छ। स्थानीय स्तरमै उत्पादन गर्न सकिने दैनिक उपभोगका वस्तु समेत आयात गर्दै परनिर्भरता बढ्दै गएको छ। स्थानीय स्रोत साधन, कला, सीप र संस्कृति जोडिएका रोजगारका आयामहरूमा राजनितिक वृत्तले ध्यान पुर्याउन सके देशको आर्थिक क्रान्तिको केन्द्र विन्दु त्यही बन्न सक्ने थियो।
हामीसँग भएका सिप र कला अनुसन्धान गरी अर्थत्रन्त्रसँग जोड्न सके नेपालमा नयाँ व्यवसाय र रोजगारका अवसर अनेक रहेछन् भनेर पुष्टि गर्न सकिनेथियो। यसको खोजी गरी प्रवद्र्धन गर्नु नै आजको आवश्यकता हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार