बंगलादेशले प्रमुख प्रतिपक्षी दलनजिकका पत्रिकामाथि प्रतिबन्ध लगाइएको छ। सरकारले बंगाली भाषामा प्रकाशित ठूलो आकारको दैनिक “दिनकाल”लाई निलम्बन गर्न निर्देशन दिएपछि प्रकाशन रोकिएको हो। सरकारको यो कदमले बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ।
प्रधानमन्त्री शेख हसिनाको सरकारको उक्त निर्णयको व्यापक आलोचना भएको छ। सरकारको यो कदमप्रति अमेरिकालगायत पश्चिमी मुलुकले चासो व्यक्त गरेका छन्। तीन दशकभन्दा बढी समयदेखि बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)सँग नजिक रहेको पत्रिका बन्द हुँदा सयौं पत्रकार र प्रेस कर्मचारी बेरोजगार भएका छन्।
ढाका जिल्ला अधिकारीले अखबार बन्द गर्न दिएको आदेशको विरुद्ध उच्च अदालतका न्यायाधीशको नेतृत्वमा प्रेस काउन्सिलमा अपील गरेपछि डिसेम्बर २६ मा अखबारको प्रकाशन जारी रह्यो।
यो साताको शुरुमा नै काउन्सिलले जिल्ला अधिकारीको आदेशलाई स्वीकृत गरेपछि प्रकाशन रोक्न बाध्य भएको पत्रिकाका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताए। बंगलादेश प्रेस काउन्सिलले एएफपीलाई भन्यो कि पत्रिकाले देशको मुद्रण र प्रकाशन ऐन उल्लङ्घन गरेको कारण पत्रिकाको प्रकाशन लाइसेन्स खारेज गरिएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
