बङ्गलादेशको राजधानी ढाकाको गुलिस्तानमा रहेको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। मारिएका मध्ये १६ जनाको लाश आफन्तलाई हस्तान्तरण गरिसकेको ढाका ट्रिबुन पत्रिकाले जनाएको छ।
ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १७ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।
घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको गुलिस्तान सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोट साततले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।
बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुनेगरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ । गत वर्ष देशको मुख्य बन्दरगाह चटगाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौ जना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने एक सयभन्दा बढी घाइते भएका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई