आज महात्मा गान्धीको जन्मजयन्ती हो । अक्टोबर २ अर्थात् गान्धी जयन्तीलाई संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले शान्ति र अहिंसाको विश्व दिवसको रुपमा मनाउन थालिएको छ । यस अवसरमा गान्धीका अनुयायी एवं प्रसिद्ध समाजवादी चिन्तक डा. राममनोहर लोहियाले लेख्नुभएको र प्रदीप गिरीले अनुवाद गर्नुभएको प्रस्तुत लेखलाई हामीले पुनः प्रकाशन गरेका छौँ ।
डा. राममनोहर लोहिया
गान्धीजी झन्डै ५० वर्षसम्म सार्वजनिक जीवनमा सक्रिय रहनुभयो । यस सुदीर्घ कालावधिमा उहाँले अनेकौं पटक परस्पर विरोधी कुराहरू गर्नुभयो । गान्धीको विचारधाराको अध्ययन गर्न चाहने मानिसले यी अन्तरविरोधहरूका तर्फ बिलकुल प्रारम्भमै ध्यान दिनु आवश्यक छ ।
बृटिश राजबाट नै कुराको थालनी गरौं । आफ्नो राजनीतिक जीवनको थालनीमा …