Home » Archives for सन्तोष सिग्देल
Author

सन्तोष सिग्देल

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सातौँ संस्करण ‘समृद्ध नेपालको आधारः सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ मनाइदैँछ । सूचना तथा सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा नै सामाजिक–आर्थिक विकासको प्रमुख आधार र उत्प्रेरकको रूपमा लिइएको छ । इन्टरनेटको विश्वव्यापी सञ्जाल र बढ्दो पहुँच, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नवीनतम् प्रविधिको तीव्र विकास, सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको क्रमिक रूपमा व्यापक प्रयोग आदिले पनि यस क्षेत्रको महत्त्व दर्साउँछ । नेपालमा पनि सूचना तथा सञ्चार प्रविधिको महत्वलाई आत्मसात् गर्दै सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति,
0 comment
0 FacebookTwitterEmail

गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्याक भएर संगठनभित्रको आन्तरिक सञ्चारसम्बन्धी ठूलो परिमाणको डेटा डार्क वेबमा उपलब्ध रहेको समाचार बाहिरियो। ह्याक भएका सामग्री रहेका वेबसाइटहरू नेपालबाट खुल्न नसकिने बनाए पनि ति सामग्रीअझै पनि इन्टरनेटमा उपलब्ध नै छन्।

दोस्रो घटनामा गत शनिवार डट जीओभी डट एनपी डोमेनमा रहेका नेपालको सरकारी निकायका वेबसाइटहरूमा डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमण भई नेपाल सरकारका सम्पूर्ण वेबसाइट करिब पाँच घण्टा अवरुद्ध भए। करिब १५०० जति सरकारी वेबबाइटहरू बन्द भएको यो घटना सार्वजनिक विदाका दिन भएकाले अन्य क्षेत्रमा त्यति प्रभाव नपरे पनि अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा सरकारी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved