रणबहादुर शाहले विसं १८६० मा गोर्खाली छ थरी भारदार र मुख्यकाजी दामोदर पाँडेलाई मारेर भीमसेन थापालाई मुख्य काजी बनाए। भीमसेन थापा मुख्य काजी भएपछि २/३ वटा घटना भए। एउटाचाहिँ दरबारमा दाजुभाईको झगडा पर्यो। रणबहादुर शाह र उनका मठ्या भाई शेरबहादुर शाह र विदुर शाहबीचमा झगडा पर्यो। रणबहादुरले शेरबहादुरलाई मृत्युदण्ड दिने घोषणा गरे। “मलाई मृत्युदण्ड दिने तिमीलाई नै म मृत्युदण्ड दिन्छु” भनेर सभामा नै शेरबहादुरले रणबहादुरलाई काटिदिए। रणबहादुर त्यतिबेला जोगी भइसकेका थिए तैपनि राजकाजमा दखल दिइनै रहन्थे। रणबहादुर काटिएपछि भीमसेन थापाले राजा मार्ने यीनै हुन भनेर ७७ जना पुरूष मारे, भेटेजति त्यही सभाहलमा मारे नभेटेकालाई घरबाट ल्याएर पनि मारे। १६ जना …