पत्रकारितामा एउटा भनाइ छ– तिम्री आमाले तिमीलाई माया गर्छु भनिन् भने सजिलै नपत्याऊ।
पछिल्लो समय भारतीय पत्रकारहरूका लागि यस प्रश्नले छुट्टै रूप लिएको छ: के ‘भारत माता‘ अझै पनि स्वतन्त्र प्रेसको पक्षमा छिन् ?
सञ्चारमाध्यमलाई राज्यको चौँथो अंग भनिन्छ, तर संसारभरका राष्ट्र–राज्यको सम्बन्ध सञ्चारमाध्यमसँग जटिल रहँदै आएको पाइएको छ। सैद्धान्तिक दृष्टिकोणले स्वतन्त्र प्रेस लोकतन्त्रको एउटा कोसेढुंगा हो। यसले सरकारको गतिविधिलाई निरन्तर निगरानीमा राख्छ, शक्तिसम्पन्नलाई जवाफदेही बनाउँछ र दबिएकाहरूलाई आवाज दिन्छ। यसै कारणले पनि सञ्चारमाध्यमसँग राज्यको सम्बन्ध असहज हुन पुग्छ।
मोदीको ‘नयाँ भारत‘ मा सञ्चारमाध्यम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टीको वर्तमान सरकारले …