यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ। २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९,२६४ मत प्राप्त गरी यो क्षेत्रमा विजयी हुनुभएको थियो। यो संसदीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४,९८३ र नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४,६४७ मत पाउनुभएको थियो। उक्त निर्वाचनमा लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले भन्दा ३४२८१ बढि मत प्राप्त गरी विजय हुनुभएको थियो।
गत माघ ६ गते सर्वोच्च अदालतले नेपालको संबिधान धारा १७२ को उपधारा २/३ बमोजिम रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो। यो उप निर्वाचनमा बिभिन्न १२ राजनैतिक दलका १२ जना …