राष्ट्रपति जो बाइडेनले २०२१ मा पदभार ग्रहण गर्दा बाँकी विश्वलाई उनको पहिलो सन्देश थियो – अमेरिका फिर्ता आएको छ। गत अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रूपमा आफ्नो तेस्रो कार्यकाल ग्रहण गरेपछि राष्ट्रपति सी जिनपिङले यस्तै घोषणा जारी गरे– चीन फर्कदै छ।
विगत दुई महिनामा चीनको नेतृत्वले ठूला नीति परिवर्तनको सङ्केत गरेको छ। अचानक लगभग तीन वर्षको गम्भीर शून्य कोभिड प्रतिबन्धको अन्त्य गरियो। प्राविधिक कम्पनीहरू र रियल–स्टेट क्षेत्रमाथिको नियन्त्रणलाई कम गरियो। साथै, आर्थिक वृद्धिप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै चीनले परिर्वतनका श्रृङ्खलाबद्ध घोषणा गरेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रले व्यवसायका लागि आफ्नो ढोका पुनः खोल्दै जाँदा लगानीकर्ताहरूले उत्साहका साथ प्रतिक्रिया दिइरहेका …