पछिल्लो समयमा नेपाली कांग्रेसका प्रमुख नेताहरूमा असीमित अहंकार झ्याँगिएकाले तिनले नेतृत्व प्रदान गरेका समूहहरूमा तीव्र विचलन आएको छ। कांग्रेसजन आफ्नो पार्टीलाई लोकतन्त्रको मियो भन्छन् तर यसका, आजका अग्रपंक्तिका, नेताहरूको अहंकारको पारो यति माथि छ कि कसैकसैले त नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नै “माथ” दिने क्षमता आर्जन गरेका छन्। उनीहरू आफूभन्दा माथि कोही छैन भन्ने अहंभावले ग्रस्त हुन पुगेका छन्। ख्याल रहोस्– जब मान्छेले आफूभन्दा माथि कोही छैन, आफैं सर्वेसर्वा हुँ भन्ने ठान्न थाल्छ, त्यसपछि ऊ मनुष्य रहँदैन, राक्षस बन्छ।
यी नेताहरूको आफूभन्दा माथि कोही छैन भन्ने अहंभाव वास्तवमा अल्पज्ञानको नतिजा हो। उनीहरू नै उच्च ओहदामा भएकाले …