Home » Archives for राजेन मानन्धर
Author

राजेन मानन्धर

आज २५६५ औं बुद्ध जयन्ती। विश्वभरिका बौद्धजनका लागि उनले दिएका शिक्षा प्रति कृतज्ञता व्यक्त गर्ने दिन। उनले दिएको शिक्षाबाट आफूलाई पुनर्ताजगी गर्ने दिन। नेपालमा पनि आज वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात् जेठ २ गते (१६ मे २०२२) का दिन मनाइँदैछ।

जन्म, बुद्धत्व र महापरिनिर्वाण
भगवान बुद्धको जन्म कपिलवस्तु राज्यको राजपरिवारमा राजा शुद्धोधन महाराज र राजमाता मायादेवीको कोखबाट भएको थियो। उनको जन्म भने कपिलवस्तुबाट मावली देवदह जाने क्रममा लुम्बिनी उद्यानमा भएको भनेर विभिन्न प्राचीन ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। अहिलेको विश्वमानचित्रमा कपिलवस्तुको राजप्रासाद तथा लुम्बिनी उद्यान दुबै नेपालभित्र पर्दछन्।

जुन दिनलाई बुद्धजयन्ती भनेर मनाइन्छ त्यो बुद्धको जीवनको तीन प्रमुख घटनासँग सम्बन्धित …

विश्वमा कसरी मनाइन्छ बुद्ध जयन्ती ?
0 comment
0 FacebookTwitterEmail

अहिलेको विश्वमा चलचित्रको अलग्ग स्थान छ। यो केवल समय बिताउने र मनोरञ्जनको विषय मात्र नभएर यसले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा समेत असर पार्ने दृष्टान्तहरू विश्वको इतिहासमा धेरै पाइन्छन्। यसै बिच अहिले भारतमा बनेको हिन्दी फिल्म दि काश्मीर फाइल्सले भारतमा र विशेष गरी हिन्दुहरूमा तलहका मचाइरहेको देखिन्छ। होला, काश्मीरका मुस्लिमहरूले ३२ वर्ष अगाडि हिन्दु पण्डितहरूलाई काश्मिर छोड्न बाध्य पार्यो होला। तर सत्यको अर्को पाटो यो पनि हो कि दुई हजार वर्ष पहिलेदेखि काश्मीर बौद्धहरूको केन्द्र थियो र हिन्दुहरू त्यहाँ १३ सय वर्ष जति अगाडि मात्र पुगेको पाइन्छ। अनि लगभग ५०० वर्षमा नै त्यस्तो अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास भैसकेको …

दि काश्मीर फाइल्स : कहाँ गए काश्मीरका बौद्धहरू ?
0 comment
0 FacebookTwitterEmail

नेपालको राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरूका लागि प्रतिकुल र कष्टकर नै भएपनि नेपालका बौद्धहरूले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरू पाइँदैनन्। तर नेपालभन्दा हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरूले आफ्नो धर्म र पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय रहनेछ। यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै अन्त्य भयो।

हामी भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरू पढ्छौं। उहाँको जीवनमा …

बौद्ध संकट : भियतनाममा बौद्धहरूमाथि अत्याचार, बौद्ध भिक्षुको आत्मदाह अनि तानाशाहको अन्त्य
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved